आइसिसी भन्छ, ‘खेल नहुने कुनै संकेत छैन, सरकार वा बिसिसिआई मौन’

Virat kohli  at a practice session resources1

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा फेब्रअरी १४ मा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप दरार आएको छ । यसको असर क्रिकेटमा पनि परेको छ ।

भारतले आउँदो विश्वकप क्रिकेटमा पाकिस्तानसँग नखेल्ने वा पाकिस्तानसँगको खेल बहिस्कार गर्नु पर्ने आवाज उठिरहेको छ भारतभित्र । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भने भारत र पाकिस्तानबिचको निर्धारित खेल हुने बताएको छ ।

आइसिसीले आउँदो जुन १६ मा हुने भारत र पाकिस्तानबिचको खेल नहुने कुनै संकेत नरहेको बताएको हो । भारतका केही पक्षले पाकिस्तानसँगको खेल बहिस्कार गर्नु पर्ने मत आइरहेका बेला आइसिसीको यस्तो भनाई आएको हो ।

आइसिसीले भनेको छ, ‘हामीले अवस्थाको मूल्यांकन र अनुगमन गरिरहेका छौँ । हामी आक्रमणबाट प्रभावित भएका सबैप्रति समभाव राख्छौँ । खेल, त्यसमा पनि क्रिकेटमा मानिसलाई एकताबद्ध गर्ने खुबी हुन्छ ।’

आइसिसीले अघि भनेको छ, ‘यसले समुदायलाई एककीकृत बनाउन सक्छ । हामी यसकै लागि प्रयास गरिरहेका छौँ । विश्वकपका कुनै पनि खेल योजना अनुसार नहुने भन्ने कुनै संकेत छैन ।’

यसअघि आइतबार भारतीय टिमका कप्तान विराट कोहलीले आफ्नो टिम भारत सरकारको निर्णयमा अडिग रहने बताएका थिए ।

भारतीय सरकार वा बिसिसिआईले यसबारे अहिलेसम्म केही बताएको छैन । भारतले विश्वकपमा पछिल्ला ६ खेलमा लगातार जित निकाल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...