प्रशिक्षकलाई नटेरेका किपरलाई कारवाही

1251644039chelsea 0 0 manchester city 21

काठमाडौं । प्रशिक्षकलाई अटेरी गरेका चेल्सीका गोल रक्षक केपा एरिजाबलागामाथि कारवाही भएको छ । चेल्सीले उनलाई एक हप्ताको पारिश्रमिक जरिवाना स्वरुप काट्ने भएको हो ।

यस्तै केपाले प्रशिक्षक माउरिजिओ सारीसँग माफी पनि माग्नु पर्नेछ । लिग कप अर्थात कारबाओ कप (इएफएल कप) को फाइनल अन्तर्गत आइतबार राति वेम्बलीमा म्यानचेस्टर सिटीसँग भएको खेलमा प्रशिक्षक सारीले अतिरिक्त समयको अन्त्य तिर केपाको ठाउँमा अर्का गोलरक्षकलाई मैदान छिराउन चाहन्थे ।

तर केपाले बाहिर आउन अस्वीकार गरे । प्रशिक्षकले उनलाई बाहिर ल्याउने निर्णय गर्नुअघि अतिरिक्त समयमै केपालाई दुईपटक मेडिकल सहयोग चाहिएको थियो ।

यहि भएर सारी उनको ठाउँमा अर्का गोलरक्षक विली काबालेरोलाई पठाउन चाहन्थे । तर केपाले अस्वीकार गरेपछि सारी आफ्नो निर्णयबाट पछि हट्न बाध्य भए ।

 अतिरिक्त समयमा पनि गोल नभएको खेलको निर्णय टाइब्रेकर मार्फत भयो । पेनाल्टी सुटआउटमा चेल्सी ४–३ ले पराजित भयो र उपाधिबाट वञ्चित बन्यो ।

स्पेनिस गोलरक्षक केपालाई चेल्सीले क्लबको कीर्तिमानी मूल्य ७१ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो ।

केपाले हात उठाएर आफू बाहिर नआउने शंकेत गरेपछि प्रशिक्षक सारी आक्रोशित भएका थिए ।

खेलपछि भने उनले घटना अरु केही नभएर बुझाईमा फरक परेका कारण भएको बताए । केपाले आफूले गल्ती गरेको महसुस गरिसेको पनि प्रशिक्षक सारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...