प्रदेश स्तरीय महिला फुटबलमा तेह्रथुम, ताप्लेजुङ र ईलाम विजयी

Dkt khel 13

धनकुटा । धनकुटामा जारी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा अन्तर्गत सोमबार भएको खेलमा तेह्रथुम, ताप्लेजुङ र ईलाम विजयी भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको खेलमा तेह्रथुम र खोटाङ बीचको पहिलो खेलमा निर्धारित समय सम्म १—१ को बरावरी रारोकिएपछि पेनाल्टी सुट आउट पनि बराबरीमा रोकिएको थियो ।

निक्कै प्रतिष्पर्धा रहेको खेलको निर्णायक बनाउन आयाजकले सटेनडेथ रोजेको थियो । सटेनडेथमा भने तेह्रथुमले खोटाङलाई ३—२ गोलले पराजित गरेको थियो । खेलमा तेह्रथुमकी गोलकिपर सफलता लिम्बु ओमन अफ द म्याच घोषित भइन् ।

दोस्रो खेलमा ताप्लेजुङले पाँचथरलाई १—० गोलले पराजित गरेको छ । ताप्लेजुङको जितमा मिना कटुवालले निर्णयक गोल गरेकी थिइन् । सोमबारै भएको अर्काे खेलमा ईलामले सोलुखुम्बुलाई ५—० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार झापा र सुनसरी, मोरङ र संखुवासभा तथा उदयपुर र ओखलढुङ्गाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...