आईसीसी महिला टी–२० विश्वकप छनोटमा चीन नेपालसँग ५ रनले पराजित

Cricket women

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले आफ्नो पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको हो ।

पाँच खेलमध्ये चार खेलमा जित, एक खेलमा हार ब्यहोरेको नेपालको ८ अंक छ । तर थाइल्यान्ड पाँच खेलमा शतप्रतिशत जितसहित १० अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ ।

पाँचमध्ये चार खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक नै बनाएको युएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनायो । चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । कविता कुँवरले एक विकेट लिइन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालको सुरुवात राम्रो थियो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...