धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु

Khel dkt

धनकुटा । धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ ।

१ नम्वर प्रदेशका १४ जिल्लाले सहभागीता रहेको सो प्रतियोगिताको धनकुटा जिल्लाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उदघाटन गरे । उदघाटन खेलमा मोरङले भोजपुरलाई ४–० को गोलअन्तरले पराजित गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १ नम्वर प्रदेशका सांसद इन्द्रमणी पराजुली, सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले नेपालमा अहिले फुटबल खेलको धेरै सम्भावना बढ्दै गएकोले महिला फुटबलको विकासका लागि समेत सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उदघाटन खेलमा ह्याटीक गर्ने मोरङकी इमा राईलाई म्यान अफ दी म्याच भइन् । उनलाई प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले पुरस्कारवितरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...