मेस्सीको ५० औं ह्याट्रिक, सेभिया पराजित

Messi

काठमाडौं । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ ले पराजित ग¥यो । बार्साको जितमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले ह्याट्रिक गर्दा लुइस सुवारेजले एक गोल थपे ।

मेस्सीको करियरकै यो ५० औं ह्याट्रिक थियो । पराजित टोली सेभियाका लागि जिसस नाभस र ग्याब्रिएल मर्काडोले एक–एक गोल गरे ।

ला लिगाका अन्य खेलमा गेटाफेले रायो भायकानोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले आइबारलाई १–० ले पराजित ग¥यो । 

गएरातिको जितसँगै बार्सिलोनाले स्पेनिस लिगको अंक तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले  २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ । एट्लेटिको मड्रिडले आज भियारियालसँग खेल्नेछ । आजै राति रियाल मड्रिडले लेभान्तेसँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस