इंग्लिस प्रिमियर लिग : वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ ले हरायो

Jdjverr7ijenxj5qd2pu

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे ।

लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि जेरार्डले गोल गरे । त्यसपछि ६१ औं मिनेटमा फेरि जेरार्डकै गोलमार्फत उसले अन्तर दुई-शून्यमा पुर्‍यायाे । त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमको स्कोर तीन शून्यमा-पुर्याए ।

वाटफोर्डका खेलाडीले प्रिमियर लिगमा गरेको यो पहिलो ह्याट्रिक हो । त्यसपछि ७३ औं मिनेटमा डीनेले गोल गर्दै वाटफोर्डले अग्रता चार-शून्यमा लम्ब्याए । ८२ औं मिनेटमा उसले एक गोल फर्काए पनि इन्जुरी समयको पहिलो मिनेटमा फेरि अर्को डीनेले व्यक्तिगत दोस्रो गोल थप्दा वाटफोर्डले पाँच एकको जित निकाल्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...