वैदेश पठाउने बाहानामा ठगी गर्ने दुईजना पक्राउ

Pakrau 12

काठमाडौं । विदेश पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी उक्त रकम लिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...