चेल्सी युरोपा लिगको अन्तिम १६ मा प्रवेश

1550794026chelsea

एजेन्सी । लण्डन क्लब चेल्सी युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति भएको राउण्ड अफ ३२ को दोस्रो लेगको खेलमा स्विडेनको माल्मोलाई पराजित गर्दै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको दोस्रो लेगको खेलमा चेल्सी ३–० ले विजयी रह्यो । समग्रमा ५–१ को नतिजा सहित लण्डन क्लबले अन्तिम १६ को यात्रा तय गरेको हो ।
पहिलो लेगको खेलमा चेल्सी २–१ ले विजयी बनेको थियो ।

ओलिभर जिराउडको गोलमार्फत चेल्सीले ५५ औ मिनेटमा खेलमा अग्रता लिएको थियो । बार्कलीले ७४ औ मिनेटमा चेल्सीको अग्रतालाई दोब्बर पारेका थिए । त्यसको १० मिनेट पछि हडसन ओडईले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

७३ औ मिनेटमा रासमस बेग्टसन रातो कार्ड खादै मैदान बाहिरिएपछि माल्मो १० खेलाडीमा सिमित बनेको थियो ।

पछिल्लो नतिजाले चेल्सी प्रशिक्षक माउरिजियो सर्री माथिको दबाब कम भएको छ । चेल्सीले अब कारबाओ कपको फाईनलमा म्यान्चेष्टर सिटी र अर्को हप्ता प्रिमियर लिगको खेलमा टोटेनहमसंग खेल्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...