विश्वकप छनोट : नेपालले आज थाइल्याण्डको सामना गर्दै

Nepal gam,e

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज (बिहिबार) घरेलु टोली थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । 

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ ।

तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती पन्छाउनु पर्ने हुन्छ । थाईल्याण्डले गत महिना वुमन्स टी- ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । 

यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ  । थाइल्याण्डले पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थियो ।

दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमश दोश्रो र चौथो स्थानमा छन् ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...