डीपीएल: आज पहिलो क्वालिफायर्स, अत्तरिया र काठमाडौं भिड्दै

Dpl

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो क्वालिफायर्समा आज सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली फाइनल प्रवेशका लागि जित्ने लक्ष्य सहित मैदानमा उत्रनेछ । शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउनेछन् ।

पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासँग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ । इलिमिनेटर खेल भोली हुने छ । भोलीको खेलमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...