विश्वकप क्रिकेट आउन सय दिन बाँकी, यस्तो छ इतिहास

1550583931one day crikcet

 कुनैपनि खेलको सबैभन्दा ठुलो प्रतियोगिता हो, विश्वकप क्रिकेट । क्रिकेट प्रेमी तथा खेलाडीका लागि विश्वकप ठुलो चार्डपर्व जस्तै हो ।

सन् १९७५ मा इंग्ल्याण्डबाट सुरु भएको एक दिवसीय विश्वकपको ११ औं संस्करण सम्पन्न भईसकेको छ । यसबर्ष इंग्ल्याण्ड र वेल्समा हुने तय भएको १२ औं संस्करणको विश्वकप आउन अब १०० दिन मात्र बाँकी छ ।

क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आयोजना गर्ने क्रिकेट विश्वकप हरेक चार बर्षको अन्तरमा हुने गर्छ । विश्वकपका सम्पुर्ण खेल संसारभरका मिडियाबाट प्रत्यक्ष प्रसारण हुन्छ । सबै भन्दा धेरै हेरिने खेल भएका कारणले विश्वकप क्रिकेलाई अन्तराष्ट्रिय क्रिकेट क्यालेन्डरको प्रमुख घटनाको रुपमा राखिएको छ ।

आइसीसीका सदस्य राष्ट्रबाट छनोट प्रकिया पुरा गरेर प्रतियोगिता आयोजना हुन्छ । शीर्ष स्थानमा रहेका ८ टिम सिधै छनोट हुन्छन् । अन्य देश भने वल्र्ड क्रिकेट लिग र विश्वकप छनोट प्रतियोगिता पार गर्नुपर्ने हुन्छ ।

सन् २०१५ को विश्वकप अगाडी २० देशले सहभागिता जनाउदै आएका थिए । त्यसपछि आइसीसीले देशको सहभागि संख्या घटाएर १६ देशबीच मात्र खेलाउदै आएको थियो । आगामी विश्वकपमा जम्मा १० देशले प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१९ मा हुने विश्वकपमा अस्ट्रेलिया, वेस्ट इण्डिज, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, इंग्ल्याण्ड, न्युजिल्याण्ड, बंगलादेश र दक्षिण अफ्रिकाले सहभागिता जनाउने छन् ।

सबै देशको इच्छा र चाहाना हुन्छ, आफ्नो देशले विश्वकप खेलेको हेर्ने ।

हरेक संस्करणमा देशको सहभागिता घट्दै आएपछि क्रिकेटमा आफुलाई उजागर गर्दै आएका देशले आईसीसीको आलोचना समेत गर्ने गरेका छन् ।

क्रिकेटका महान हस्ती सचिन तेन्दुलकरले समेत विश्वकप खेल्ने देशको संख्यामा बृद्वि गर्नुपर्ने भन्दै सामाजिक संजालबाट मुख खोलेका थिए ।

पहिलो र दोश्रो संस्करणको विश्वकप वेस्ट इण्डिजले हात पारेको थियो । हालसम्म अस्ट्रेलियालले सर्वाधिक पाँच पटक, वेस्ट ईन्डिज र भारतले समान २\२ पटक र पाकिस्तान र श्रीलंकाले समान १\१ पटक विश्वकपको उपाधि उचाल्न सफल भएका छन् ।

विश्वकपको अर्को रोचक प्रसंग भनेको विजेताले पाउने आकर्षण ट्रफीनै हो । सो ट्रफी सन् १९९९ को विश्वकपका लागि पहिलो पटक तयार पारिएको थियो । करिब दुई महिनाको समय लगाएर तयार पारिएको ट्रफी लण्डनको एक आभुषण शिल्पकारको समुहले तयार बनाएको हो ।

ट्रफी चांदी र गिल्टद्वारा निर्माण गरिन्छ । तीन चांदीको स्तम्भले एक स्वर्ण विश्वको रूप प्रर्दशित गर्दछ । सो स्तम्भ स्टाम्प र बलको आकारमा हुन्छ । जसले क्रिकेटको तीन आधारभुत पक्ष ब्याटिङ, बलिङ र फिल्डिङको प्रतिनिधित्व गर्दछ । ट्रफी ६० सेन्टिमिटर अग्लो र लगभग ११ किलोको हुन्छ ।

विजेता देशको नाम ट्रफीको तल्लो भागमा खोपिनेछ । आईसीसीले मूल ट्रफी भने आफै राख्ने गर्दछ । शिलालेखमा रहेको अलग प्रकृतिको ट्रफी विजेता टीमलाई स्थायी रुपमा सम्मानित गर्ने गर्दछ ।

विश्वकपमा सबै भन्दा धेरै रन बनाउने खेलाडी भारतका पुर्ब खेलाडी सचिन तेन्दुलकर हुन् । उनले सन् १९९२ देखि २०११ को विश्वकपमा दुई हजार दुई सय ७८ रन बनाएका थिए ।

यस्तै सबै भन्दा धेरै विकेट लिने खेलाडी अस्ट्रेलिया पुर्व खेलाडी ग्लेन मेकग्रा हुन् । उनले सन् १९९६ देखि २००७ सम्ममा ७१ विकेट लिन सफल रहेका थिए ।

केही समय अगाडी आईसीसीले विश्वकप ट्रफीलाई वल्र्ड टुर गराउँदै विभिन्न देशमा प्रर्दशन गरेको थियो । सिमित देशले मात्र खेलिरहेका कारण क्रिकेटलाई विश्वभर चिनाउन बिभिन्न देशमा ट्रफी प्रदर्शन गरिएको हो । यही क्रममा सो ट्रफी पहिलो पटक नेपालमा भित्रिएको थियो ।

एसोसिएट देश मध्य विश्वकपमा केन्याले सबै भन्दा राम्रो नतिजा निकालेको छ । केन्याले सन् २००३ को विश्वकपमा सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो ।

नेपालले हालसम्म एकदिवसीय विश्वकपको यात्रा तय गर्न सकेको छैन । तर नेपालले सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाएको छ ।

गत बर्ष एकदिवसीय विश्वकपको छनोटमा नेपाल सफल हुन नसकेपनि पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस