विश्वकप छनोट : एसिया छनोटका लागि आज नेपाल र मलेसिया भिड्दै

1550536868womens cricket

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि आज (मंगलबार) नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियासंग खेल्नेछ ।

गत महिना थाइल्याण्डमै भएको वुमन्स टी ट्वान्टी स्म्यास प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा सहज जित निकाल्दै नेपाल ग्लोबल छनोटको यात्रालाई सहज बनाउन चाहन्छ ।

पहिलो दिन भएको तीन खेलमा आयोजक थाइल्याण्ड, हङकङ र मलेसियाले बिजयी सुरुवात गरेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालले युएईसंग फेब्रुअरी २२ मा खेल्नेछ । त्यस्तै हङकङसंग २४ फेब्रुअरीमा, चीनसंग फेब्रुअरी २५ मा र अन्तिम खेलमा कुवेतसंग फेब्रुअरी २७ मा खेल्नेछ । नेपाली टिममा कप्तान क्षेत्रीसंगै उप–कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् ।

त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।

प्रतियोगिताका लागि चार जना रिजर्भ खेलाडी समेत समावेश गरिएको छ । रिजर्भ खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...