चेल्सीलाई हराउँदै म्यान युनाईटेड क्वार्टरफाईनलमा

1550536200man u

काठमाडौं । म्यान्चेष्टर युनाईटेड एफए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै म्यान युनाईटेड एफए कपको अन्तिम ८ मा प्रवेश गरेको हो ।

स्टामफोर्ड ब्रिजमा म्यान युनाईटेडलाई जिताउन आन्द्रे हेरेरा र पाउल पोग्बाले गोल गरे । पोग्बाको पासलाई सदुपयोग गर्दै हेरेराले ३१ औ मिनेटमा टोलीलाई अग्रता दिलाए ।

४५ औ मिनेटमा पाउल पोग्बाले अग्रतालाई दोब्बर बनाउँदै म्यान युनाईटेडको जित सुनिश्चित गरे । क्वार्टरफाईनलमा युनाईटेडले प्रिमियर लिग क्लब उल्भ्ससंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

पछिल्लो हारले चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीमाथि दबाब थपिएको छ । पाँचौ चरणको खेलमा पराजित हुदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...