दैलेखमा विद्युत् परियोजना बन्द हुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य

Light 12

दैलेख । दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ ।

रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो ।

विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य ऊर्जाको २४ लाख र तत्कालीन विसाला गाउँविकास समितिको पाँच लाख गरी कूल रु ५१ लाखको लागतमा उक्त परियोजना सञ्चालनमा ल्याइएको परियोजना सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

परियोजना बन्द हुँदा स्थानीय २०९ घरधुरी अध्यारोमा बस्न बाध्य छन् । ‘आर्थिक अभावले उपकरण खरीद गर्न सकिएन,’ परियोजनाका अध्यक्ष शाहीले भने, ‘समितिको कोषमा रकम नभएकाले गाउँपालिकामा सहयोगका लागि अनुरोध गरेका छौ ।’

काठको पोल पटक-पटक ढल्ने भएकाले परियोजनामा समस्या उत्पन्न हुँदै आएको अध्यक्ष शाहीको भनाई छ ।

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गैरागाउँ लद्यु जलविद्युत् आयोजना निर्माणका लागि रु ८ लाख विनियोजन गरेको बताए, ‘गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर रकम विनियोजन भइसकेको छ’, अध्यक्ष शाहीले भने, ‘अब केही महीनाभित्र जलविद्युत् परियोजना मर्मत गरी सञ्चालनमा ल्याउँछौ,’ त्यसपछि यहाँका नागरिक अध्यारोमा बस्नुपर्दैन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...