झापा सुरुंगाबाट एक जना युवक चार दिनदेखि बेपत्ता

Bepatta

काठमाडौं । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् ।

सुस्त मनः स्थिति भएका १९ वर्षीय शंकर तामाङ सुरुङ्गा बजारबाट बेपत्ता भएका हुन् ।

तामाङका मामा अजित राईले दिएको जानकारी अनुसार उनी २ फागुनदेखि फरार रहेका छन् ।

‘अहिलेसम्म नभेटिएपछि हामीले इलाका प्रहरी कार्यालय, सुरुङ्गामा पनि खबर गरेका छौं’, राईले भने, ‘खैरो सुरुवाल र रातो ज्याकेट लगाएका कालो रातो वर्णका उनलाई देख्नु हुनेले खबर गरिदिनु होला ।’

प्रहरीले पनि तामाङको खोजतलासका लागि उनको हुलिया र तस्वीरसहित सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाइसकेको जनाएको छ ।

बालकलाई देख्नु हुनु व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा ९८०३४१४६६१ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...