मानाकोटमा सिँचाइ कुलो बन्दा स्थानीयवासि खुशी

Bajura

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोट गाउँमा सिँचाइ कुलो निर्माण भएको छ ।

सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीयवासी खुशी भएका छन् ।

सिँचाइ कुलो नहुँदा हिउँदेखेती लगाउन नपाई पुरै जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेको ४ नम्बरका वडा अध्यक्ष वीरेन्द्र रोकायाले बताएका छन् ।

पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हट्ने रोकायाको भनाइ छ ।

सिँचाइ कुलो ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

वर्षौदेखि स्थानीय निकाय, सरकारी तथा गैरसरकारी निकायलाई माग गर्दा पनि बेवास्ता गरिएको थियो, गाउँपालिकासँग जलस्रोत परियोजनाले सिँचाइ कुलो निर्माण गर्दा स्थानीय खुशी छन् ।

सिँचाइ निर्माणपछि अहिले आफूहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल साग तरकारीसमेत लगाउने गरेको बताएका छन् ।

गाउँमा सिँचाइ कुलो आएपछि पूरै मानाकोट गाउँ हरीयाली भएको स्थानीयवासीको भनाइ छ ।

ग्रामीण जलस्रोत परियोजनाको आयोजना र युरोपेली युनियन फिल्याण्ड सरकार र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा कोटपातल बृहत् सिँचाइ कुलो निर्माण गरेको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय टङ्कनाथ खनालले बताए ।

सिँचाइ कुलो रु ७४ लाख ५२ हजारको लागतमा निर्माण गरिएको हो । स्थानीयले पनि केही रकम श्रमदान गरेका छन् ।

१२ सय मिटर लम्बाइ र दुई फिट चौडाइ, दुई फिट उचाइको नहर निर्माण गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला संयोजक नरवीर ऐडीले जानकारी दिए ।

सिँचाइ कुलोबाट ४ नम्बर वडाका १२ सय बढी परिवारलाई सिँचाइका लागि सहज हुनेभएको छ । मानाकोटवासीले पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको छ ।

खेती उत्पादनमा पनि वृद्धि हुने स्थानीयले विश्वास राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...