हामी दुई भाईको शौचालयमा वास, हजुआमाको सास रहुन्जेलको आस

Haaaaaaaeeeeelp4

म्याग्दी । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ ।

अत्यन्त आदरभावले नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं दुई मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
म्याग्दीको बेनी नगरपालिका–दुई ज्यामरुककोटका राजु सुनारका दम्पतीले आफ्ना दुई भाइ छोरा ९ वर्षीय एनस र सात वर्षीय सिमसनलाई छोडेर अलग अलगरुपमा लाखापाखा लागेपछि जमुनाको काँधमा दुई नातिको लालनपालनदेखि लिएर शिक्षा दीक्षाको समेत जिम्मेवारी थपिएको हो ।

स्थानीयवासीका अनुसार बालकहरुका बाबा राजुले अर्को विवाह गरेर अन्यत्र बसेका छन् । आमा पनि अर्कैसँग सम्बन्ध गाँसेकी छन् ।

आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुबै जनाले चटक्कै छोडेर अर्कैसँग घरजम गरेपछि बेसहारा बनेका दुई नातिलाई ७५ वर्षीया हजुरआमाले विद्यालयको चर्पिमा राखेर पालिरहेकी छन् ।

कमाइ खानका लागि एक सुर्को बारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ वर्षीया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई नातिलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ ।


बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र छाडेपछि बेनी नगरपालिका वडा नं दुई बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगविहीन शौचालयका दुई कोठा लिएर नातिहरुका साथ बस्दै आएकी छिन् ७५ वर्षीया जमुना ।

जमुनाले नातिहरुलाई स्याहारसुसार गर्न थालेको दुई वर्ष भएको छ । दुई वर्ष अघि छोराहरुलाई छोडेर गएका बाबुआमा अझैसम्म पनि आफ्ना सन्तानको खैखबर गर्न आएका छैनन् ।

गहभरि आँसु निकाल्दै वृद्धा जमुनाले भनिन् ‘एक त आफ्नो शरीरले भर पाउँदैन, जीउले सकुञ्जेल गिट्टी कुटेर, बालुवा चालेर र अरुको घरमा काम गरेर भए पनि बेनीमा कोठा लिएर राखेँ अब त जीउले पनि सक्दैन, म पनि बिरामी छु, कसैले दिए खाने हो, नत्र भोकभोकै पल्टिने हो ।’

गत मङ्सिरदेखि विद्यालयको शौचालयमा बास बस्दै आएका नाति बजैको अवस्था अत्यन्त दयनीय रहेको रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले बताए ।
उनले भने ’उनीहरुको टीठलाग्दो अवस्था देखेर प्रयोगमा नआएका शौचालयका दुई वटा कोठा बस्नका लागि दिएका छौं ।’

वृद्धभत्ता बाहेक आम्दानीको कुनै स्रोत नभएको जमुनाले बताइन । जमुनाले भनिन् ’ काम गर्न नसकेपछि कोठा भाडा तिर्ने पैसा भएन । त्यसैले यो बास मागेर बसेका छौँ ।’

चार कोठे शौचालयको देब्रे पट्टिको एउटा कोठामा नाति बजै सुत्छिन् भने दाहिनेतर्फको कोठा भान्छाको रुपमा प्रयोग गर्ने गरिएको छ ।

दुई वटा कोठा भने विद्यालयले शौचालयको रुपमा प्रयोग गर्ने गरेको छ । छेउमै रहेको नियमित प्रयोग हुने शौचालयबाट दुर्गन्ध आउने समेत जमुनाले बताइन् ।

उनले भनिन् ’दुर्गन्धलाई सहेर भए पनि बस्ने ओत पाएका छौं,त्यो नै हाम्रो लागि सबैभन्दा खुशीको कुरा हो ।’

बेसहारा बनेकी जमुना शौचालयमा नातिहरुलाई राख्न पाएर खुशी भए पनि त्यो बाध्यताको खुशी भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं म्याग्दीका महिला अधिकारकर्मी रेखा कौशल रेग्मीले बताइन् ।

रेग्मीका अनुसार नेपालको संविधानमा व्यवस्था भए अनुरुप बेसहारा बनेका व्यक्तिहरुको संरक्षण गर्नु र तिनीहरुलाई आश्रय दिनु राज्यको कर्तव्य हो।रेग्मीले भनिन् ’एकल महिला त्यसमा पनि ७५ वर्षीया जेष्ठ नागरिक र दुई नाबालकहरु बेवारिसे अवस्थामा शौचालयमा बस्न बाध्य हुनुले राज्यको ध्यान नपुगेको कुरालाई प्रष्ट्याउँछ,समुदाय र सहृदयीहरुले दया गरेर सहयोग गर्नु मानवीयता हो तर,तिनीहरुको दीर्घकालीन रुपमा समस्या समाधान गर्नु राज्यको दायित्व हो ।’

नाति बजैको अवस्था र उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु बेखबर र उदासीन भए पनि समुदाय र मनकारी व्यक्तिहरुबाट भने नाति बजैको सहयोगका लागि राहत उपलब्ध गराउने कार्य शुरु भएको छ ।

केही दिन अघि बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले दश पाथी चामल,पाँच लिटर तेल,पाँच केजी नून,पाँच केजी दाल,पाँच केजी चिनी,२०० ग्राम चियापत्ती,एक कार्टुन चाउचाउ,दुई दर्जन कापीकलम,एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको जमुनाले बताइन् ।

त्यसैगरी,उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि बेनीका युवाले १७ हजार बराबरको अत्यावश्यक सामग्री सहयोग गरेका छन् ।

बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दीपक जिसीको नेतृत्वमा १० जना युवाले आर्थिक सङ्कट बेहोरिरहेकी सुनार परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...