धनगढी प्रिमियर लिग: अत्तरिया र महेन्द्रनगरबीचको खेल प्रभावित

Dpl

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित भएको छ ।

फाप्ला क्रिकेट मैदानमा बिहिबारबाट परेको बर्षाको कारण मैदान ओसिलो हुँदा अत्तरिया र महेन्द्रनगरबीचको खेल प्रभावित भएको हो । मैदानमा जमेको पानी पूर्ण रुपमा नसुक्दा अत्तरिया र महेन्द्रनगरबीचको खेल निर्धारित समयमा सुरु हुनसकेको छैन ।

मैदान भिजेको कारण अत्तरिया र महेन्द्रनगरबीचको खेलको टस समेत हुन सकेको छैन ।

आयोजकले जनाएअनुसार अत्तरिया र महेन्द्रनगरबीचको खेल दुई घण्टा ढिला सुरु हुनेछ । मैदानको पानी सुके र खेल्न योग्य भएमा खेल ११ बजे सुरु हुनेछ । समयमा खेल हुन नसकेपछि अब अत्तरिया र महेन्द्रनगरबीचको खेल ओभर घटाएर खेलाईने छ ।

महेन्द्रनगरविरुद्ध मैदान उत्रदा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । अत्तरिया २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ  । त्यसैले अत्तरिया जित निकाल्दै प्ले अफमा पुग्न चाहन्छ  ।

यता, शरद भेषवाकरको टिम महेन्द्रनगर पहिलो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको महेन्द्रनगरले २ अंक जोडेको छ ।

महेन्द्रनगरको यो समूह चरणको अन्तिम खेल हो । महेन्द्रनगर अत्तरियाविरुद्ध जित निकाल्दै प्ले अफको झिनो सम्भावना कायम राख्न चाहन्छ । महेन्द्रनगरले पछिल्लो २ खेल बर्षाको कारण रद्द हुँदा एक एक अंक पाएको थियो । महेन्द्रनगरको प्ले अफ सम्भावना गणितीय रुपमा बाँकी रहेको छ ।

आइतबार हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई बसन्त रेग्मीको रुपन्देहीले चुनौती दिनेछ ।दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...