मड्रिड शहरमा एट्लेटिकोले उछिन्यो रियललाई

Atletiksa

एट्लेटिको मड्रिडले स्पेनिस लिगा फुटबलमा रियल मड्रिडलाई उछिन्न सफल भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

एन्टोनियो ग्रिजम्यानले खेलको ७४ औ मिनेटमा गरेको गोल रियललाई पछाडी पार्न एट्लेटिकोका लागि पर्याप्त बन्यो ।

दोस्रो स्थानको एट्लेटिकोले २४ खेलबाट ४७ अंक जोडेको छ । रियल ४५ अंक सहित तेस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । बार्सिलोना ५१ अंक सहित शीर्ष स्थानमा छ । रायो भालेकानो २३ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

पछिल्लो तीन खेलमा एट्लेटिकाको यो पहिलो जित हो । रियल बेटिस र रियल मड्रिडसंग गत महिना पराजित भएपछि एट्लेटिकोले अंक जोड्न सकेको थिएन । आईतबारको खेलमा रियलले जिरोनालाई घरेलु मैदानमा पराजित गरेमा दोस्रो स्थानमा पुनरागमन गर्न सक्नेछ ।

एट्लेटिकोले आगामी बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा ईटालियन महारथी युभेन्ट्ससंग प्रतिस्पर्धा गर्दैछ । मुख्य प्रशिक्षक डिएगो सिमोनले यसै हप्ता क्लबसंग नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिमाने सन् २०२२ सम्म क्लबमा रहनेछन् ।

प्रतिकृया दिनुहोस