म्यान्चेष्टर सिटी एफ ए कपको क्वार्टरफाईनलमा

1550345885sadiwo

एजेन्सी । म्यान्चेष्टर सिटी एफ ए कप फुटलबको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शनिबार राति पाँचौ चरणको खेलमा लिग टु क्लब न्युपोर्ट कन्ट्रीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
सिटीको जितमा फिल फोडिनले दुई तथा लियो साने र रियाद महरेजले एक एक गोल गरे ।

लेस्टर सिटी र मिडल्सब्रोगलाई पराजित गरेको न्युपोर्टले पहिलो हाफसम्म म्यान्चेष्टर सिटीलाई बराबरीमा रोक्दै अप्रत्यासित नतिजाको संकेत गरेको थियो ।

तर खेलको दोस्रो हाफमा ५ गोल भयो । जसमा चार गोल सिटीले गरेको हो ।

खेलको ५१ औ मिनेटमा लिरो सानेको गोलबाट म्यान्चेष्टर सिटीले अग्रता लिएको थियो । फिल फोडिनले ७५ औ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

पडरिग अमोण्डले ८८ औ मिनेटमा न्युपोर्टका लागि गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि लगत्तै अर्को मिनेटमा फोडिनले गोल गर्दै सिटीलाई ३–१ को स्थितीमा पु¥याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा रियाद महरेजले गोल गर्दै म्यान्चेष्टर सिटीलाई सहज जित दिलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...