बाँकेको नरैनापुरमा धार्मिक मेला शुरु

22222222222

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला शुरु भएको छ ।

अठार वर्षसम्म पहाडमा तपस्या गर्नु भएका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा प्रत्येक वर्षको वसन्त पञ्चमीपछि मेला लाग्ने गर्दछ ।

मेला यही फागुन १२ गतेसम्म चल्ने आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले बताए ।

उनका अनुसार मेलामा सामूहिक भण्डारा, प्राथना, कब्बाली, नाच तथा जादुई खेललगायतका क्रियाकलाप हुनेछ ।

प्रतिकृया दिनुहोस