सल्यानमा छोराको कुटाईबाट बाबुको मृत्यु

Mirtu

सल्यान । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका ३ काराँगिठीमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

ज्यामिरेका ४० वर्षीय कृष्णबहादुर रानाको उनकै छोरा दुर्गाबहादुर रानाको कुटपिटबाट मृत्यु भएका हो ।

गत माघ २८ गते कुटपिट गरी घाइते भएका रानाको २९ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।

मादक पदार्थ सेवन गरेका बुबालाई सम्झाइबुझाई गर्दा पनि नमानेपछि आवेगमा आइ कुटपिट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार मृतक रानाले पहिलेदेखि अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी आमासँग झगडा गरेको र बुवालाई सम्झाइबुझाई गर्दा नमानेपछि छोराले आवेगमा आइ बुबालाई खुट्टा र लठ्ठीले शरीर र मुखमामा प्रहार गरेका हुन् ।

छोराको कुटाइबाट मुर्छित बाबुको भोलिपल्ट बिहान मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

घटनाको थप अनुसन्धानका लागि छोरा दुर्गा बहादुर रानालाई पक्राउ गरी जिल्ला अदालतमार्फत १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस