प्रशासनद्धारा जथाभावी यात्रु बोक्न रोक, जिप व्यावसायीद्धारा सेवा बन्द

Jeep banda

डोल्पा । जिल्ला भित्र चल्दै आएका जिप व्यावसायीलाई जिल्ला प्रशासन कार्यालय डोल्पाले जथाभावी यात्रु बोक्न नदिएको भन्दै जिप व्यवसायीले सेवा बन्द गराएका छन् ।

हिमाली जिल्ला डोल्पामा क्षमताभन्दा धेरै यात्रु बोक्न रोक लगाएपछि उनीहरुले जिप सेवा बन्द गराएका हुन् ।

ब्लुबुकमा तोकिएअनुसार मात्रै यात्रु बोक्न पाइने भनेपछि आफूहरु मारमा परेको जिप व्यावसायी दत्तबहादुर ठकुल्लाले बताए ।

आम्दानी हुने आसामा लाखौ खर्च गरेर हलिकोप्टरबाट डोल्पा र्पुयाएका थियौं, प्रशासनले ४ जना यात्रु मात्रै बोक्न निर्देशन दिएपछि आफूहरु मर्कामा परेको सुरेन्द्र कठायतले बताए ।

जिल्लामा अस्थायी ट्राफिक कार्यालयको स्थापना भएसँगै यातायातमा नियमानुसार जिपहरु सञ्चालन गर्नुपर्ने र जिपमा राखिने यात्रुको बिमा अनुसार मात्र यात्रु बोक्नु पर्ने नियम लागू गरिएको छ । त्यसो नगरिए कारवाही हुने प्रमुख जिल्ला आधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

क्षमताभन्दा धेरै यात्रु बोकेमा दुर्घटनाको संभावना बढ्ने भएकाले यस विषयमा कानुनअनुसार नै जाने प्रजिअ थापाले बताए । दुनै-जुफाल,दुनै-सूपानि,खदाङ-छलगाडमा हाल एक दर्जनभन्दा बढी जिप संचालनमा छन् ।

बिहीबार जिल्ला प्रशासनले क्षमताभन्दा धेरै यात्रु नबोक्न निर्देशन दिएपछि शुक्रबारदेखि जिप धनीले बन्द गरेका हुन ।

खदाङ-छलगाडको रुटमा कोचाकोच गरी यात्रु हाल्ने गरेको भन्ने सूचना आएपछि प्रहरीले निगारानी बढाएको प्रजिअले बताए ।

थापाले भाडा पनि अब स्थानीय सरकारले निर्धारण गर्नुपर्ने बताए । उनले जिप व्यवसायीले मनपरी ढंगले नभइ किलोमिटरको हिसाबले भाडा लिनुपर्ने बताए ।

हाल दुनै-जुफाल ३५०,दुनै सूँपानि ४००,खदाङ-छलगाड ४०० रुपैयाँ भाडा तिरेर यात्रा गरिरहेका छन् ।

जुफाल बिमानस्थलबाट दुनैसम्म कार्गो सामानको ढुवानी प्रति किलो १६ रुपैयाँमा भइरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...