‘उपचारको बिल तिर्न नसकेर अस्पतालमा बन्दी भएका छौँ’ : घाईतेका दाजु ईन्द्र

Hospita grandee

दार्चुला । मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा गत मंसिर ७ गते भएको मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु भयो भने आधा दर्जन घाइते भएका थिए ।

घाइतेहरुको उपचार जिल्लामा सम्भव नभएपछि प्रदेश सरकारले हेलिकप्टरबाट नेपालगञ्ज पुर्यायो ।

ती मध्ये धिरेन्द्र धामीबाहेक सबै डिसचार्ज भएर आ-आफ्नो घर फर्किसकेका छन् । धामी भने अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा बन्दी बनेका छन् ।

मालिकार्जुन-८, शंकरपुरका उनलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो ।

उनका दाजु ईन्द्र धामीका अनुसार तीन महिना उपचार गरेको खर्च ११ लाख पुगिसकेको छ । बेडबाट उठ्न नसक्दा शरीरको तल्लो भाग पाक्न थालेको छ ।

‘अस्पतालले हिसाब चुक्ता गरेर घर लग्दा हुन्छ भनेको छ’, इन्द्रले भने, ‘तर बिल तिर्न नसकेर बन्धक भएका छौँ ।’

पैसा तिर्न नसकेपछि अस्पतालले उपचार पनि गर्न छाडेको उनले बताए । ड्रेसिङसमेत नगरिदिदा घाइते भाइ कुहिन लागेको उनी बताउँछन् ।

दुर्घटनापछि दार्चुलाका पाँचवटा स्थानीय तहले एकरएक लाख रुपैँयाँ सहयोगको घोषण गरेका थिए ।

ती मध्ये मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले उक्त रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिसकेको मालिकार्जुनका अध्यक्ष नरेन्द्र धामीले बताए ।

ग्राण्डी अस्पतालसँग पनि निरन्तर सम्पर्क गरेर दुहूँ गाउँपालिका, व्याँस गाउँपालिका र महाकाली नगरपालिकाको पनि सहयोग रकम आएपछि हस्तान्तरण गर्ने भनेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...