एक धारा १२० घरको प्यास, राति दुई बजे कुवामा हाँजिर

Water

सल्यान । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका ७ काँरागाउँ बस्तीका बासिन्दा वर्षौंदेखि खानेपानीको पीडा खेप्दै आइरहेका छन् ।

गाउँनजिकै खानेपानीको मुहान नभएको र भएका मुहान पनि हिउँद लागेसँगै सुक्न थालेपछि काराँगाउँ र जुगेपानीका १२० घरपरिवारले वर्षौंदेखि एउटै धाराको पानी प्रयोग गर्दै आइरहेका छन् ।

एउटै धारामा गाउँले निर्भर हुनु पर्ने भएपछि बिहानदेखि रातीसम्म धारामा पानी थाप्नकै लागि मेला जस्तै लाग्ने गरेको स्थानीयको भनाई छ ।

एक गाग्री पानी लिन दुई घण्टा लगाएर जुगेपानी भन्ने ठाउँमा जानु पर्छ स्थानीय प्रकाश खड्काले भने ।

उनले भने वर्षामा आधा घण्टाको दुरीमा रहेको धनाकाँटामा रहेको कुवामा पानी ल्याउने गर्छौं भने हिउँद लागेसँगै कुवा सुकिहाल्छन् ।

१२० घरभन्दा बढी परिवारको एउटै धारा भएकाले दिनमा दुई गाग्री मात्र ल्याउन पाइने अर्का स्थानीय कलसिहं खत्रीले बताए ।

उनले भने, ‘घरमा एक अम्खोरा खानेपानी पाहुनाले खान माग्दा समेत दिन गाह्रो हुन्छ । अन्य स्थानबाट पानीले ल्याउने ठाउँ नभएका कारण झनै समस्या भएको छ ।’

खानेपानी समस्या काँरागाउँको मात्र नभई सिंगो सात नम्बर वडाकै भएको वडा अध्यक्ष भोपाल केसीले बताए ।

वडामा रहेका ५ घरपरिवार खानेपानीको चरम समस्याबाट गुज्रिरहेको उनको भनाई छ । उनले भने यस वडामा ५०० घरधुरी छन् ती सवै घरधुरीले खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

फागुन लागेसँगै दुई तीनघण्टा लगाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । पानीको समस्याका कारण आफैँ रातिको दुई बजे कुवामा पानी भर्न जाने गरेको वडा अध्यक्ष केसीले बताए ।

संघ र प्रदेशमा खानेपानी योजनाका लागि पहल गरी दिन आग्रह गरेको उनले बताए । कारागाउँको खानेपानी समस्याका लागि सर्वे भइरहेको अध्यक्ष केसीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...