७६ वर्षीया वृद्धा बलात्कारको अभियोगमा एक युवक पक्राउ

Pakrau 11

झापा । मेचीनगर नगरपालिकामा मादक पदार्थ सेवन गरी ७६ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २३ वर्षीय कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी वृद्धालाई घरमा सुतिरहेको अवस्थामा बलात्कारको प्रयास गरेको थिए ।

वृद्धालाई करणीको प्रयास भएको देखेपछि उनका श्रीमानले इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए ।

श्रीमानको उजुरीपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

लिम्बुलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा अनुसंन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...