बैतडीमा अज्ञात रोगले धमधाम भैंसी मर्न थाले, किसान चिन्तित

Bhaisi

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका-८ मा गएको एक हप्तायता पालेका भैंसी मर्न थालेका छन् । अज्ञात रोगले धमधाम भैंसी मर्न थालेपछि किसान चिन्तित भएका छन् ।

गहुँत रातो हुने, खुट्टा सुन्निने, याल चुहाउने, खाना नखानेजस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए ।

उनको अज्ञात रोगबाट एउटा भैंसी मरेको छ भने अरुमा पनि यस्तै लक्षण देखा परेको उनले बताए । रोगका कारण भैंसी मर्न थालेपछि चिन्ता बढेको बोहराले बताए ।

गाउँमा अहिलेसम्म दुईवटा भैंसी मरिसेका छन् भने १० भन्दा बढी बिरामी परेका छन्। किसानले पालेका भैंसी रोगले मर्न थालेको वडा नम्बर ८ का वडाअध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए ।

उनले भने, ’वडाको ढोले, सेलालगायतका टोलमा किसानले पालेका भैंसी धमाधम मर्न थालेका छन्।यसले किसानलाई हजारौंको नोक्सानी भएको छ । वडामा पशु प्राविधिक नहुँदा रोगको बारेमा पहिचान हुन सकेको छैन् ।’

गाउँपालिका भरी एकजना पशु प्राविधिक मात्रै छन्।उनललाई खबर गरिसकेको वडा अध्यक्ष बोहराले बताए ।

स्थानीय तहका वडामा प्राविधिक कर्मचारी समेत नहुँदा किसानले समय समयमा विभिन्न समस्या झेल्दै आएका छन् ।

जिल्लाको लेकाली क्षेत्रका किसान भैंसी पालनबाटै जिविकोपार्जन गर्दै आएका छन् ।

पछिल्लो समयमा विभिन्न रोगका कारण भैंसी मर्न थालेपछि किसान चिन्ता छाएको छ । सुर्नया गाउँपालिका-८ मा गत वर्ष पनि अज्ञात रोगका कारण १० भैंसी मरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...