आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा

Lakki nikki

चिप्लेढुंगा । सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् ।

पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर उनीहरुले आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल भएका हुन् ।

लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले जीवनको असहज मोडलाई पार लगाएर मेहनत र आत्मविश्वासले कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

निबन्धकार युवराज नयाँघरेले पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमान्दारी भेटिएको बताउँदै पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले सो कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कृति लेखक लक्कीले आमाको प्रेरणा तथा साथ र सहयोगले यस क्षेत्रका हरेक चुनौतीलाई पार ण्लगाउन सफल भएको जिकिर गरे ।

कार्यक्रममा तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई थ्रि सिस्टर्स सम्मान दिइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...