अनुदानको घर पहिरोले बगाउँदा पिडितलाई सास्ति

Gorkha pahiro

गोरखा । धार्चे–७ खानीगाउँका बासिन्दाको घर भूकम्पले भत्काएपछि लाभग्राहीले पाउने निजी आवास पुनर्निर्माणको ३ लाख रुपैयाँ लिएर घर बनाए ।

तर, साउनमा भीषण पहिरो आयो र २० घर बगाइदियो । जोङकङदेखि झरेको पहिरो गाउँको बीच भाग भएरै बग्यो । निरन्तरको कम्पन र पहिरोको त्रासले त्यहाँका ९० घरधुरीको उठिबास लाग्यो । उनीहरू आसपासको भीरपाखामा गएर बसे । त्रास कम हुँदै गएपछि पुरानै थातथलोमा फर्के ।

उनीहरू फेरि भागेर सुरक्षित ठाउँ खोज्दै गए । ‘राङ्तमा ११ घर छन्, प्ल्याङचेतमा नौ घर छन्, स्थानीय सचिन गुरुङले भने, ‘कोही टहरो बनाएर बसेका छन्, कोहीले जस्ताको छानो हालिसकेका छन् ।’

सरकारले दिएको ३ लाखले नपुगेर ३/४ लाख रुपैयाँ थपेर घर बनाएका गाउँलेलाई फेरि अर्को घर बनाउनुपर्दा झन् समस्या थपिएको उनले बताए ।

साउन अन्तिम साता पहिरोले घर बगाएपछि स्थानीय पुनराम गुरुङ, चित्रबहादुर, माहिला, सचिन, सेते, बिमाया, जिते, बिसबहादुर गुरुङ, बुधमान गुरुङ, उत्पाल, आशबहादुर, कान्छा, पेल्सिङ, मनताल, शेरमान, कान्छा, सुकपाल, चन्द्रमान, वनघरे र बिस्नी गुरुङ विस्थापित भएको सचिन गुरुङले बताए ।

उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर राख्न जरुरी रहेको वडाध्यक्ष सूर्यमान गुरुङको सुझाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...