स्वास्थ्य सेवा प्रभावकारी बनाउन सोलार वितरण

Solar 212

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ ।

गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको छ ।

रातिको समयमा समेत सेवा दिन सजिलो होस् भन्ने उद्देश्यले सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी दिए ।

गाउँपालिकामा विद्युत्को पहुँच नहुँदा स्वास्थ्य संस्थालाई सोलार वितरण गरिएको हो । यस्तै १७ वटै स्वास्थ्य संस्थालाई डेलभरी सेट र विपी सेटसमेत वितरण गरिएको उनले बताए । सोलार पाएपछि प्रसूति सेवा प्रदानमा सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

उज्यालोको अभावमा मोबाइल तथा दियालो बालेर प्रसूति सेवा प्रदान गर्नु परिरहेकामा सोलार सेट प्राप्त भएपछि सेवा प्रदानमा सहज हुने चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए ।

सोलार सेट प्राप्त भएसँगै रातको समयमा पनि प्रसूति सेवा प्रदानमा सहज हुने भएको छ ।

चालू आर्थिक वर्षमा स्वास्थ्य संस्था सुदृढीकरणका लागि रु चार लाख बजेट विनियोजन गरेको र सोही रकमले सोलार सेट, डेलीभरी सेट र विपी सेट खरीद गरिएको गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिका विद्युत् सेवाको पहुँचभन्दा बाहिर रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...