दुध फाट्यो अब चिन्ता नलिनुस, फाटेको दूधको यसरी उपयोग गर्न सकिन्छ

Latte

काठमाडाै‌ । जगेडाका लागि राखेको दूध फाटेको देख्दा सायद जसको पनि मन दुख्छ । फाटेको दूधलाई काम नलाग्ने मानेर धेरैले फ्याँक्ने गर्छन् । तर, फाटेको दूधको पनि विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउन सकिन्छ ।

- कतिपय खाद्यपदार्थ यस्ता हुन्छन्, जसमा मानिसले प्रायः आइसक्रिम राखेर प्रयोग गर्छन् । त्यस्ता खाद्यपदार्थमा आइसक्रिमको सट्टा फाटेको दूध पनि प्रयोग गर्न सकिन्छ ।

- दूध फाटेमा त्यसलाई दही बनाउन पनि सकिन्छ । त्यसका लागि थोरै जामन मिलाएर जम्न दिनुपर्छ । त्यस्तै, दहीसँग फाटेको दूध मिसाएर खाँदा पनि निकै स्वादिष्ट हुन्छ ।

- फाटेको दूध र दहीबाट बटरमिल्क बनाउन सकिन्छ । त्यसका लागि दही र फाटेको दूध राम्रोसँग फिट्ने र त्यसमा जिराको धुलो राखेर पिस्ने ।

- यसलाई चकलेट मिल्कको रूपमा तयार पारेर पिउन सकिन्छ । त्यसका लागि फाटेको दूधमा कोक पाउडर र चिनी राम्रोसँग मिलाएर तयार पार्नुपर्छ । यसरी तयार गरिएको चकलेट मिल्क निकै स्वादिष्ट हुन्छ ।

- फाटेको दूधलाई असिनेको अन्डामा राखेर खानसमेत सकिन्छ । यसरी खाँदा स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा पौष्टिक तत्वको कमी हुन पनि दिँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...