रुकुम पूर्वको निशेधाज्ञा हट्दा जनजीवन सामान्य

Rukum

रुकुम । सदरमुकामको विषयलाई लिएर विवाद भएको रुकुमपूर्वमा प्रशासनले लगाएको निशेधाज्ञा हटाएको छ ।

निशेधाज्ञा हटेपछि अहिले रुकुमकोटको जनजीवन सामान्य बन्दै गएको छ ।

जिल्ला सदरमुकामसम्बन्धी विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

९ दिनअगाडि सदरमुकामको माग गर्दै हालको सदरमुकाम रुकुमकोटमा हजारौँ संख्यामा ज्ञापनपत्र बुझाउन आएका गोलखाडाबासी र रुकुमकोटबासीबीच झडप हुने स्थिति आएको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

गोलखाडाबासीले प्रदर्शन स्थगीत गरेर आन्दोलन रोकेपछि निशेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

सदरमुकामको बिषयमा अहिले अदालतमा बिचाराधीन छ । सरकारले गोलखाडामा सदरमुकाम बनाउने निर्णय गरेपनि हालको रुकुमकोट नै सदरमुकाम कायम छ ।

गोलखाडाबासीले सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...