अभिभावकविहीन ३ बालकलाई परिवार दलद्धारा ५० हजार सहयोग

Pariyar dall

विराटनगर । बुवा, आमा गुमाएर अभिभावकविहीन बनेका मोरङको सुनवर्षी नगरपालिका-७ कुँडेलीका तीन असहाय बालकलाई नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

परिवार दलले उनीहरुका लागि ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो । सेतो लामखुट्टेको टोकाईबाट बुवा, आमा नै गुमाएका तीन बालकको बिचल्ली भन्ने शीर्षकमा माघ १६ गते अन्नपूर्ण अनलाइनमा समाचार प्रकाशन भएको थियो ।

सेतो लामखुट्टेको टोकाईबाट २०७० साल चैत ३० गते बुवा फगुलाल राजवंशी र गत साउन २५ गते आमा सन्तोषी राजवंशीको मृत्यु भएको थियो ।

सेतो लामखुट्टेकै टोकाईबाट बिरामी परेको थाहा पाए पनि आर्थिक अवस्था कमजोर भएर समयमा उपचार पाउन नसक्दा दुवै जनाको मृत्यु भएपछि छोराहरु १५ वर्षीय दिपक, ९ वर्षीय राजीव र ५ वर्षीय रोशन राजवंशीको बिचल्ली भएको थियो ।

बुवा, आमाको मृत्युपछि उनीहरुलाई फूपु सरसादेवी राजवंशी र मावलकी हजुरआमा ७० वर्षीया कृष्णवति राजंवशीले संरक्षण गर्दै आएका थिए ।

बुवा, आमाको मृत्युपछि अभिभावक बनेकी फूपु सरसादेवीको पनि गत पुस अन्तिममा मृत्यु भएपछि दुईजना भाइ हुर्काउने र परिवार चलाउने दायित्व दिपककै काँधमा आइपरेको थियो ।

अभिभावक गुमाउनु पर्दाको पीडासँगै आर्थिक अभावका कारण दिपकले पढाइ समेत छाड्नु परेको थियो। भाइलाई पढाउने मन हुँदाहुँदै पनि स्कुल पठाउन सकेका थिएनन् ।

अन्नपूर्णमा समाचार आएपछि नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले तीन बालकलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ नगद पार्टीका केन्द्रीय सदस्य अशोक कुमार चौधरी र तीर्थराज घिमिरेमार्फत पठाएका हुन् ।

अध्यक्ष ढकालले उपलब्ध गराएको नगद केन्द्रीय सदस्य चौधरी र घिमिरेले तीन बालकलाई गाउँमै पुगेर हस्तान्तरण गरेका हुन् ।

फूपुको पनि मृत्यु भएपछि वृद्ध अवस्थाकी हजुरआमाले मात्रै संरक्षण गर्न नसक्दा तीनैजना अहिले रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित ठूलीआमा उर्मिलादेवी राजवंशीको घरमा बस्दै आएका छन् ।

वृद्ध अवस्थाकी हजुरआमा कृष्णवति पनि नातिहरुसँगै छोरी उर्मिलादेवीकै घरमा बस्दै आएकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...