परिचय पत्र मार्फत नगरबसमा नि:शुल्क यात्रा

Bus nagar

डोटी । शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारले निशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरपालिकाको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए ।

उनले भने, ‘नगरबसमा निशुल्क यात्रा गर्न पाउने निर्णय गरेका छौँ, त्यसका लागि सबैले आफूले पाएको परिचय पत्र देखाउनु पर्नेछ ।’


नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरपालिका भित्र यो सुविधा दिने निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए ।

उनले भने, ‘हामीले नाफा कमाउन बस सञ्चालन गरेका हैनौँ, सुविधा दिन सेवा दिएकाले सबैले सेवा पाउन् भन्ने हाम्रो उद्देश्य हो ।’

पत्रकारलाई समाचार संकलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगर बसमा निःशुल्क यात्राको व्यवस्था गरिएको पनि प्रमुख जोशीले जानकारी दिए ।

नगरपालिकाले गरेको यो निर्णयलाई त्यहाँका स्थानीयले स्वागत योग्य भएको बताएका छन् ।

नगरपालिकाले केही महिना अघि मात्रै २ वटा नगरबस सञ्चालनमा ल्याएको छ । अन्य गाडी भन्दा नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...