पोखरा महानगरपालिकामा अपांग व्यक्तिलाई परिचयपत्र वितरण शुरु

Aapanga

चिप्लेढुंगा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ ।

महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नं २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङताको (रातो) पचिरयपत्र प्रदान गरी आज सो कार्यक्रमको शुभारम्भ गरे ।

महिला तथा बालबालिका कार्यालय महानगरपालिका मातहतमा आएपछि अपाङ्गता भएका व्यक्तिलाई पहिलो पटक परिचयपत्र वितरण शुरु गरेको हो ।

प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्रका आधारमा परिचयपत्र वितरण गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

उपप्रमुख गुरुङले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउदैै उनीहरुको सहजतका लागि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र वडा तहमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने छ भने ।

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्य्विधि २०७५ पारित गरेलगत्तै महानगरले उपप्रमुख गुरुङको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो ।

अपाङ्गता परिचयपत्र लिनका लागि वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटोसहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।

पेश भएका निवेदन उपर प्रत्येक महीनाको अन्तिम सोमबार छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएसँगै अब प्रत्येक महीनाको अन्तिम सोमबार परिचयपत्र वितरण हुनेछ ।

सरकारले अपाङ्गतालाई चार समूहमा विभाजन गरी फरक÷फरक रङ्गको परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ ।

जसअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङ्गको परिचयपत्र प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...