तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडायो

School chano udayo

हुम्ला । भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाएको छ ।

यही माघ ८ गतेदेखि पटक–पटक हिमपातपछि चलेको आएको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर मावि र सहारा समूहको छात्रावासको छानो उडाएको थियो ।

त्यसैगरी बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए ।

उक्त माविको कक्षा १२ को सबै कक्षा कोठाको जस्ता हुरीले उडाएपछि कोठाभित्र करीब तीन फिट हिउँ जमेको र फाल्नसमेत समस्या भएको उनले जानकारी दिए ।

फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाएपछि विद्यार्थीलार्ई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन क्षेष्ठले बताए ।

अहिले छानो उडाएपछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि बस्न बाध्य भएका छन् । लाली माविको दुईतले चार कोठा र कैलाश आधारभूत विद्यालयका आठ कोठाका छानो हुरीले उडाउँदा पठनपाठनमा समस्या भएकोे कैलाश माविका प्रधानाध्यापक भानुभक्त जैसीले जानकारी दिए ।

कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउनसमेत नहुने भएको छ । हिउँ र हुरीले विद्यालयको कार्यालय सञ्चालन गरिएको कोठामा समेत क्षति पुगेको छ । यसैगरी स्थानीय बासिन्दाका टिनले छाएका घरका छानासमेत उडाएको छ ।

खार्पुनाथ गाउँपालिका–१ निवासी तेजबहादुर शाही, जीतबहादुर शाही र लुर्के शाहीको घरको छाना उडाएको जितबहादुरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...