भुटेको मकै श्वास्थ्यको लागि कत्तिको फाईदाजनक ? थाहा पाईराख्नुस

Vutek  makai

काठमाडौं । बिहान, दिउँसोको खाजामा भुटेको कमै सबैले रुचमउछन् । गाउँघरमा खाजाको रुपमा भुटेको मकै अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ । काठमाडौं लगायतका शहरमा पनि भुटेको मकै खाने प्रचलन राम्रै छ । मकै खाँदा स्वास्थ्यका हिसावमा पनि धेरै फाइदा छन् ।

यस्तो छ भुटेको मकैको फाइदा

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाँदा एसिडिटी र कब्जियतको समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रशस्त हुने भएकोले शरिरमा हड्डीलाई बलियो बनाउछ ।

भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभाव हुन दिँदैन ।

भुटेको मकैमा खाँदा रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ । भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुरोगको खतराबाट बचाउछ ।

भुटेको वा पोलेको मकैमा कार्बोइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पयाप्त उर्जा प्रदान गर्छ ।

भुटेको मकैले दाँतको व्यायाम हुन्छ । यसले दाँत सफा र बलियो बनाउँछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...