विद्यायलमा अध्ययनरत सबै बालबालिकाको स्वास्थ्य जाँच शुरु

Health check

गलेश्वर । पश्चिम म्याग्दीको धौलागिरि गाँउपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच गरिने भएको छ ।

गाउँपालिकाको आयोजना र गुड नेवर्स इन्टरनेशनल नेपालअन्तर्गतको संस्था कदम म्याग्दीको सहकार्यमा हिजो आइतबारदेखि २३ गतेसम्म गाँउपालिकाभित्रका विद्यायलमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच शुरु गरिएको हो ।

गाउँपालिका भित्रका २८ विद्यालयका बालबालिकाका लागि स्वास्थ्यकर्मीको टोली सम्बन्धित विद्यालयमा नै पुगेर स्वास्थ्य जाँच गरिरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

स्वास्थ्य जाँचका लागि एउटा स्वास्थ्य चौकीलाई चार विद्यालयको जिम्मा दिइएको छ । गाउँपालिकामा सात स्वास्थ्य संस्था रहेका छन् ।

गाउँपालिकाभित्र रहेका सात स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको वडामा रहेको विद्यालयमा पुगेर सेवा दिने गरी कार्य विभाजन गरिएको अध्यक्ष पुनले बताए ।

गाउँपालिकाभित्रका २८ विद्यालयमा तीन हजार ७०१ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये एक हजार ९१० छात्रा र एक हजार ७९१ छात्र रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...