इंग्लिस प्रिमियर लिग फुटबल: आर्सनल विजरी, ले चेल्सी पराजित

Aarsanal

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भयो ।

कठिन खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेण्डर लाकाजेट् र लरेन कोसेल्नीले एक–एक गोल गरे । जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा झारेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले हराउँदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनमाथि २–१ को जित निकाल्यो । यसैगरी साउथह्याम्पटनले एभर्टनलाई २–१ ले पराजित गर्दा बर्नमाउथले वेष्ट ह्याम युनाईटेडलाई २–० ले तथा न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई ३–० ले हरायो । वाट्फोर्डले बर्नलेसँग गोलरहित बराबरीमा चित्त बुझायो ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५३ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ भने ४७ अंकसहित चेल्सी चौथो तथा ४४ अंकसहित आर्सनल पाँचौं स्थानमा छ ।

प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । आज म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग खेल्दा फुल्हम र टोटनह्याम हट्सपर भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...