पुलिसको हातमा गयो खप्तड गोल्डकपको उपाधि

Khptad cup

धनगढी । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो संस्करणको नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि हात पारेको छ ।
उपाधिसँगै पुलिसले गोल्डकप कै सर्वाधिक पुरस्कार राशी २१ लाख प्राप्त गरेको छ ।

शनिबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिसले उपाधि हात पारेको हो । उपविजेता थ्री स्टारले १० लाखमा चित्त बुझाएको छ ।

धनगढीको क्षेत्रीय रंगशालामा भएको फाइनलमा पुलिसलाई उपाधि दिलाउन अविशेक रिजालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औ मिनेटमा अविशेकले कर्नरमा गोल गरेका थिए । खेलमा अविशेक म्यान अफ दि म्याच चुनिए ।

विधागत उत्कृष्टतर्फ पनि पुलिसका खेलाडीहरुको नै वर्चश्व रह्यो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्त थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी घोषित भए । उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा चुनिए ।

प्रतियोगिता अवाधिभर ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फका सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...