महिला टी–२० क्रिकेट: नेपाल र थाइल्यान्ड उपाधिका लागि भिड्ने

Criket mahila

काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार थाइल्यान्डसँग भिड्ने भएको छ । बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्यान्डले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनायो ।

उसका लागि चानिन्दा सुटिरुङले सर्वाधिक १४ रन बनाइन् । नारुमोल च्वाइवाइले १२, नाटाकान चानतमले ११ रन तथा नाट्या बोचातम र सुलीपोर्न लाओमीले समान १०/१० रन बनाए । ९२ रनको विजय लक्ष्य पछ्याएको युएई १५.४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । युएर्ईका कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

थाइल्यान्डकी सुलीपोर्न लाओमीले ४ तथा चानिन्दा सुटिरुङले ३ विकेट लिए । नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इन्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो ।

समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा युएईलाई ६ विकेटले तथा चौथो खेलमा थाइल्यान्ड ‘ए’लाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...