सिक्सर्सले आज ढाकासंग खेल्दै, सन्दीपको प्रदर्शन कस्तो होला ?

Sandeep lamichane

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगमा आज  छैटौं खेल खेल्दैछ ।

सिलेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले  ढाका डाइनामाइट्ससंग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार अपरान्ह १:४५ मा सुरु हुनेछ ।

डाइनामाइट्सविरुद्ध मैदान उत्रदा सिक्सर्स तेस्रो जितको खोजीमा हुनेछ । प्ले अफ संभवाना जीवित राख्न सिक्सर्सलाई आजको खेल महत्वपूर्ण हुनेछ ।

सन्दीपको टिम सिक्सर्स ४ अंक जोडेर लिगको छैटौं स्थानमा छ । डाइनामाइट्स ८ अंक जोडेर शीर्ष स्थानमा छ ।

बीपीएलमा उच्च प्रदर्शन गरिरहेका सन्दीप डाइनामाइट्सविरुद्ध टिममा पर्ने सम्भावना रहेको छ । बुधबार भएको खेलमा सन्दीपले रंगपुर राइडर्सविरुद्ध १ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...