डा. केसीलाई काठमाडौं ल्याइयाे, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

Dr kc

काठमाडौं। चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ ।

पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै बिहीबार राति नै काठमाडौं ल्याइएको हो ।

डा. केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो ।

डा. केसीलाई राति काठमाडौं ल्याउने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई जना विशेषज्ञ चिकित्सक पनि साथमा आएका थिए ।

डा. केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।

डा. केसीको जस्तै आमरण अनसनमा रहेका विजय थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पनि सरकारले काठमाडौं ल्याएको छ । उनको पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...