खप्तड गोल्डकप फुटबल: नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

Football

कैलाली । नेपाल पुलिस क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै विभागीय टिम पुलिस उपाधिनजिक पुगेको हो ।

धनगढी रंगशालामा निर्धारित् समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो ।

गोलरक्षक नायक : पेनाल्टी सुटआउटमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । सुभाष गुरुङको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाए ।

पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमाल पेनाल्टीमा गोल गर्न सफल भए ।

पेनाल्टी बचाएका पुलिसका गोलरक्षक खड्का खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

थ्रीस्टारसित उपाधि भिडन्त: पुलिसले अब प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार थ्रीस्टार क्लबको सामना गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टर काँकडभिट्टालाई पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगिसकेको छ ।

विजेतालाई २१ लाख: मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेता टिमले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख पाउँदा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...