इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सको पोल्टामा

Uventus

युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १ - ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो । 

साउदी अरेबियामा भएको उपाधि भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले निर्णायक गोल गरेका थिए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले हेड गोल थिए । मिरालिम पाजनिकले उपलब्ध गराएको पासमा रोनाल्डोले ट्रेड मार्क हेड गोल गरेका हुन्   ।  यस्तै खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड खाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।

यो उपाधिसंगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् । यसै सिजनको सुरुवातमा रियल मड्रिडबाट आएका रोनाल्डोले पहिलो उपाधिमा निर्णायक गोल समेत गरे ।

सुपर कपको उपाधिसंगै युभेन्ट्सले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ । यस्तै युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जितेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...