महिला ट्वान्टी–२० क्रिकेट: विजयी यात्रा कायमै, थाईल्याण्डबिरुद्ध नेपालको फराकिलो जित

Criket mahila

काठमाडौं  ।  थाईल्याण्डमा जारी स्म्यास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगीता अन्र्तगत समुह चरणको अन्तिम खेलमा नेपालले फराकिलो जित निकालेको छ ।

आयोजक थाइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै नेपाल समुह ए को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । नेपालले अपराजित रहंदै ८ अंक जोड्यो । नेपालसँगै यूएईले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

थाइल्याण्डले दिएको २० रनको सामान्य लक्ष्य नेपालले ३ ओभर ३ बलमा एक विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । नेरी थापा ५ र डोली भट्ट २ रनमा नटआउट रहे । ममता कुमारी चौधरीले ८ रन जोडिन् ।

यसअघि बैककस्थित टर्थथाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेपछि व्याटिङ गरेको आयोजक थाईल्याण्डको ए समुह १५ ओभर ४ बलमा मात्र १९ रनमा अलआउट भयो । ५ जना व्याट्वुमन्स डक आउट भएको थाई इनिङ्समा थान्चानोक फोपलुकले नटआउट ४ रन बनाईन् ।

नेपालले ७ रन अतिरिक्त दिएको थियो । थाईल्याण्डलाई सस्तैमा समेट्ने क्रममा आरती बिडारीले ३, इन्दु वर्मा र सरिता मगरले २–२ तथा रुविना क्षेत्री, सोनु खड्का र सीता राना मगरले समान १–१ विकेट हात पारे ।

अर्को समुहबाट थाईल्याण्ड र ईण्डोनेसीयाले सेमिफाइनल यात्रा तय गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...