नेपाललाई सफलता : नेपाल पुग्यो सेमिफाइनलमा

Nepal vr uae

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो ।

नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपालले आफ्नो अन्तिम खेल माघ २ गते थाइल्याण्ड ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतियोगितामा विभिन्न १० टोलीको सहभागि छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड ‘ए’ छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् ।

सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

नेपालकी सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाइन् । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाए । बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक/एक विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस