म्यानचेस्टर युनाइटेडको लगातार जितको यात्रा कायम

Tottenham 0 1 manchester united 13

काठमाडौं । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार जितको यात्रा कायम राखेको छ । जोसे मोरिन्हो बर्खास्त भएपछि क्लबको जिम्मेवारी सम्हाल्न आएका ओलले लगातार ६ खेलमा जित निकालेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ओलको टिम म्यानचेस्टर युनाइटेडले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई पराजित गरेको हो ।

भ्रमण टोली युनाइटेडले टोटनह्यामलाई उसकै मैदानमा १–० ले हराएको हो । युनाइटेडको जितमा ४४ औँ मिनेटमा मार्कस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै युनाइटेडलाई जिताउनका लागि गोलरक्षक डेविड डी हेयाको महत्वपूर्ण भूमिका रह्यो । दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको थियो । गोलरक्षक डेविडले कुल ११ वटा सुन्दर बचाउ गरे ।

हारपछि उपाधि होडमा टोटनह्यामको अवस्था निकै कमजोर बनेको छ । तेस्रो स्थानको टोटनह्यामको २२ खेलबाट ४८ अंक छ र एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ र शीर्षस्थानको लिभरपुलको २२ खेलबाट ५७ अंक छ ।

जित निकालेको छैटौँ स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४१ अंक भएको छ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगका पछिल्ला पाँच तथा एफए कपको एक खेलमा जित निकालेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा एभर्टनले बोर्नमाउथलाई २–० ले हरायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...