महिला टी–ट्वान्टीमा नेपाललाई दोस्रो सफलता, मलेसिया ६ विकेटले पराजित

Nepal vr malesia

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ ।

शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६।२ ओभरमा ४ विकेटको क्षतिमा पार गरेको छ ।

नेपालका लागि रोमा थापाले नटआउट २० रनको योगदान गरिन् । उनले २४ बलमा १ चौका हिर्काइन् । ममताकुमारी चौधरी ९ रनमा अविजित रहे । उनले १५ बल खेलिन् । त्यसअघि सरिता मगर रन नै जोड्न नपाइ रनआउट भइन् । कजल श्रेष्ठ ६ रनमा आउट भइन् भने सीता रानामगरले १६ रन बटुलिन् । रनआउट हुनुअघि उनले ३६ बलमा १ चौका प्रहार गरिन् । इन्दु बर्मा ३ रनमा आउट भइन् ।

त्यअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३ बल खेल्न बाँकी छदा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि युश्रीना याकोबले ११ रन र जीन यीले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा नेपालकी सरिता मगरले ४ विकेट लिइन् । उनले ३-३ ओभरमा ११ रन खर्चिइन् । कविता कुँवर, इन्दू बर्मा र नेरी थापाले समान १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...